|  

महानगर प्रहरी सुर्तीजन्य पदार्थ खोज्दै पसल–पसलमा

२९ मंसिर २०८०, शुक्रबार १०:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँगै पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाएको हो ।

उक्त निर्णय कार्यान्वयन गर्न महानगरले नगर प्रहरीको टोली किराना पसल,पान पसल र चिया पसलमा परिचालन गरेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०–१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । यस्तै, एक टोली महानगरको केन्द्रबाट खटिने उल्लेख छ ।

२९ मंसिर २०८०, शुक्रबार १०:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस