|  

जाजरकोट भूकम्प पीडित अझै त्रिपालमै बास

३० मंसिर २०८०, शनिबार १२:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । जाजरकोट भूकम्पबाट पीडित भएकाहरु झण्डै डेढ महिनादेखि त्रिपालमै छन् । गएको कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा क्षति भयो । सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको अनुदान रकम पीडितले प्राप्त गर्न सकेका छैनन् ।

नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्री खुला ठाउँमा त्रिपाल टाँगेर बस्नुभएको छ । राज्यले दिने रकमको प्रतीक्षामा रहेको उहाँ बताउनुहुन्छ । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको भरमा चिसो तथा अभावसँग जुध्नुपरेको उहाँको गुनासो छ ।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्नेहरुलाई आर्थिकरुपमा अब कसरी परिवारका समस्या समाधान गर्ने चिन्ताले पिरोलेको बारेकोट गाउँपालिका–१ सिल्पाचौरका कालीबहादुर बुढाले बताउनुभयो ।

 

३० मंसिर २०८०, शनिबार १२:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस