|  

गल्तीबश हमासले बन्धक बनाएका आफ्नै नागरिकमाथि आक्रमण ,तीन जनाको मृत्यु 

३० मंसिर २०८०, शनिबार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । इजरायली सेनाले गाजामा जारी सैन्य कारवाहीका क्रममा गल्तीबश हमासले बन्धक बनाएका आफ्नै नागरिक माथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

सैन्य कारवाहीका क्रममा आफ्नै नागरिकलाई चिन्न नसकी आफ्नो संगठनलाई धम्क्याएको भन्ने सोचेर गोली चलाएको इजरायली रक्षा सेनाले जनाएको छ । आफ्नै नागरिकको सुरक्षाका लागि गरिएको भनिएको युद्धमा आफ्नै नागरिक मारिएकोमा सेनाले पश्चताप गरेको छ ।

मारिने तीन जनामा २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन समरिज रहेका छन् । उत्तरी गाजाको सैजैयामा भइरहेको सैन्य कारवाहीमा उनीहरु मारिएका हुन् ।

 

 

३० मंसिर २०८०, शनिबार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस