|  

राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चुनाव चिन्ह प्रदान

१ पुष २०८०, आईतवार १६:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचनकालागि दर्ता हुन आएका दलहरुलाई क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसपटक १२ राजनीतिक दलले दर्ता गराएका छन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्धारण गरेको क्रमानुसार पहिलो नम्बरमा नेकपा एमाले छ । त्यसपछि क्रमशस् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् । आयोगले ती दलका चिन्हलाई नै राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि प्रयोग गर्ने गरी निर्वाचन चिन्ह प्रदान गरेको छ ।

राष्ट्रियसभाका २० जना सदस्यहरुको पदावधि सकिदैछ । सरकारले १९ सिटकालागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।

 

१ पुष २०८०, आईतवार १६:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस