|  

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु

१ पुष २०८०, आईतवार १६:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम ले जनाएको छ ।

डुंगामा करिव ८६ जना सवार रहेको दुर्घटनामा बाँचेकाहरूलाई उद्धृत गर्दै आइओएमले जनाएको छ । उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

लिबिया भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने आप्रवासीहरूको मुख्य प्रस्थान बिन्दु हो । यो वर्ष मात्र समुद्र पार गर्ने क्रममा करिव २२ सय मानिस डुबेको बताइएको छ ।

 

१ पुष २०८०, आईतवार १६:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस