|  

उत्तर पश्चिम चीनमा शक्तिशाली भूकम्पः१ सय ११ जनाको मृत्यु

३ पुष २०८०, मंगलवार ११:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् ।

गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको छ । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचार छ ।

करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ । प्रभावित क्षेत्रहरुमा उद्धारका कामहरु भैरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन् ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

३ पुष २०८०, मंगलवार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस