यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका छन्।
गत मंसिर २२ मा बसेको समितिको बैठकले एनसेलको सेयर खरिद–बिक्रीलगायतका विषयमा बुझ्न प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियामे।
एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री शंकास्पद भएको भन्दै सरकारले अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
बैठकमा सञ्चारमन्त्री रेखा शर्मा, गभर्नर महाप्रसाद अधिकारी, दुरसञ्चार प्राधिकरणका अध्यक्षलगायत सहभागी छ।