|  

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम सुनुवाइ समितिबाट अनुमोदन

४ पुष २०८०, बुधबार १२:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन गरेको छ । न्याय परिषद्ले सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ भएको थियो ।
गत सोमबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सकिएपनि नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने भइसकेको छैन ।
सुनुवाइ भएका व्यक्तिहरूको नाम अनुमोदनको निर्णय गर्नका लागि बुधबार संसदीय सुनुवाइ समितिको बैठक बोलाएको थियो । बैठकले ६ जनाकै नाम अनुमोदन गरेको सदस्य लीलानाथ श्रेष्ठले जानकारी दिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

४ पुष २०८०, बुधबार १२:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस