|  

सुर्य थापालाइ मनहरी तिमल्सिना को सात सुझाव यस्तो छ ।

२६ श्रावण २०७६, आईतवार १२:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सत्तारूढ नेकपाका दुई युवा नेता पूर्व एमालेका सूर्य थापा पार्टी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेपछि पूर्वमाओवादी र पूर्वएमालेका नेता कार्यकर्ताबीच वाकयुद्व चलेको छ ।

आफू जनयुद्वको कमाण्डर भए पनि प्रत्यक्ष हिंसामा नजोडिएको भनी अध्यक्ष प्रचण्डले हालै दिएको अभिव्यक्तिप्रति केन्द्रीय सदस्य थापाले आफ्नो फेसबुकमा कडा शव्दमा व्यंगात्मक टिप्पणी गरेका थिए । आफ्ना अध्यक्षप्रतिको व्यंग्यात्मक कटाक्ष गलत भएको भन्दै पूर्वमाओवादीले फेसबुकमै थापालाई कडा जवाफ फर्काएका छन् । प्रचण्डको सचिवालयमा बसेर काम गरिसकेका पत्रकार मनहरि तिमल्सिनाले थापालाई सात सुझाव दिएका छन् ।

गाली साहित्यमा विद्यावारिधि गरेका सूर्य थापालाई सात सुझाव 
१. तपाईको गाली साहित्य प्रचण्डले २५ वर्ष लामो भूमिगत सङ्घर्ष र ओलीले १४ वर्ष लामो जेल जीवनबाट नेतृत्व गरेका ल्याएको गणतन्त्रबाट प्राप्त अधिकार हो, हेक्का राख्नुस्

२. प्रचण्ड नभएको भए यतिञ्जेल कि तपाई ज्ञानेन्द्रको जेलमा हुनुहुन्थ्यो कि केशरजङ्ग रायमाझीझैं दरबारको चौकीदार ?

३. तपाई र तपाईका एक महामहिम नेताले चाहेर मात्र हुन्थ्यो भने पार्टी एकता नै हुन्थेन अब एकता भाँड्न पनि तपाईहरुको विषवमनले सक्दैन ।
४. महान् जनयुद्ध तपाईले कोठामा बसेर गाली साहित्य लेखेभन्दा हजारौं गुण कठिन र गौरवशाली क्रान्ति थियो ।

५. तपाई र तपाईका महामहिम निर्देशकले ओली–प्रचण्ड लगायतका शीर्ष नेतामाथि आक्रमण गरेर नेकपा कमजोर हुँदैन । बरु, परिस्थिति र इतिहासले तपाईहरुलाई नै रछ्यानमा मिल्काउनेछ ।

६. लगातार गठबन्धन र पार्टी एकताको विरोध गर्ने तपाईले कि एकताको बाटो रोज्नुस्, कि पार्टीबाट बहिर्गमन ।

७. गाडाअघि गोरुपछि गरेर कहिल्यै समाजवाद पुगिन्नँ, क्रान्तिविरोधी चिन्तन र संस्कृतिबाट माथि उठ्नुस् ।

२६ श्रावण २०७६, आईतवार १२:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस