|  

रुसको व्यापक हवाई आक्रमण युक्रेनको राजधानी किएभमा

६ पुष २०८०, शुक्रबार ०८:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । युक्रेको राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभर हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।

रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को यक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ । टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ ।

युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन्। कीएभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ । पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रूसको आक्रमणको सामना गर्नका लागि आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।

६ पुष २०८०, शुक्रबार ०८:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस