|  

आज एकीकृत समाजवादीको सचिवालय बैठक

७ पुष २०८०, शनिबार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं। नेकपा एकीकृत समाजवादी को सचिवालय बैठक आज बस्ने भएको छ । आजको बैठकमा मस्यौदा समितिले पेश गरेको पार्टीको विधानमाथि छलफल हुने बताइएको छ । साथै, आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र उम्मेदवारीका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेकपा ९एस० को गत पुस २ र ३ गते बसेको सचिवालय बैठक आज बस्ने गरी स्थगित भएको थियो । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

७ पुष २०८०, शनिबार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस