|  

प्रभु बैंक द्वारा बिधालयलाई डस्विन हस्तान्तरण

२८ श्रावण २०७६, मंगलवार १७:३८ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जहाँ सफा र शुन्दरता हुन्छ त्यहा मानिसको आर्कषकलाई तान्ने गर्छ । यति मात्र नभई विभिन्न रोगपनि लाग्दैन ।त्यसैले त सफा शुन्दरता र हरियाली अति आवश्यक मानिन्छ । त्यसैले सफा र हरियाली बनाउन प्रभु बैंकले बेनिघाट रोराङ गा.पा.वडा नं.५, बिशालटार स्थीत रहेको चन्द्रोदय मा.वि. र चन्द्रोदय बहुमुखी क्याम्पसलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको बेनिघाट शाखाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बिद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकको बेनिघाट शाखाका प्रबन्धक सन्दिप तामाङले बेनिघाट रोराङ गा.पा.वडा नं.५ का वडा अध्यक्ष एवं बिद्यालय ब्यबस्थापन समीतिका अध्यक्ष श्री रोशन कुमार सिलवाल, बिद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेल, क्याम्पस प्रमुख योगेन्द्र प्रसाद सिलवालको उपस्थीतिमा ७० थान डस्टविन हस्तान्तरण गरेका हुन । प्रबन्धक तामाङले बिद्यालयलाई स्वच्छ, वातावरणमैत्री र सुरक्षित बनाउने दायीत्व हामी सबैको भएको र आगामी दिनहरुमा अन्य बिद्यालयहरुमा समेत बिभिन्न कार्यक्रम सन्चालन गर्ने बताएका छन ।

२८ श्रावण २०७६, मंगलवार १७:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस