यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।
इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको छ ।
गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो ।