यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ ।
गत मङ्सिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा नौजनाको संलग्नता रहेको र उक्त समूहले हालसम्म एक सय ३८ किलोग्राम सुन नेपाल ल्याइसकेको खुलेको हो ।
सुन बरामद भएसँगै सरकारले भन्सार अधिकृतको संयोजकत्वमा गठन गरेको छानबिन समितिले आज बुझाएको प्रतिवेदनमा १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिको प्रतिवेदनले सो समूहको संलग्नतामा एक सय ३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।