यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ । घाइतेलाई नजिकैको अल–अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।
यीमध्ये धेरै बालबालिका रहेको जनाइएको छ । इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गरेयता इजरायलले सुरु गरेको हवाई तथा स्थल आक्रमणमा गाजापट्टीमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ भने ५४ हजार घाइते भएका छन् ।