यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । श्रीलंकाले लागुऔषध तस्करीविरुद्ध सुरु गरेको अपरेशनमा १५ हजार जनालाई पक्राउ गरेको छ । यस अवधिमा करिब ४४० केजी लागुऔषध बरामद भएको छ । जसमध्ये २७२ केजी गाँजा, ३५ केजी गाँजा र ९ केजी हेरोइन समावेश छ । श्रीलंका प्रहरीका अनुसार पक्राउ परेकामध्ये १३ हजार ६६६ ओसारपसारमा संलग्न रहेका छन् भने करिब ११ सय लागुऔषध दुर्व्यसनी छन् ।
लागुऔषधको लतबाट छुटकारा दिलाउन उनीहरुलार्य सैन्य सुधार केन्द्रमा पठाइएको छ । श्रीलंकामा लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न यो महिना युक्तिया नामक विशेष अभियान सुरु गरिएको थियो । क्रिसमसलाई ध्यानमा राखेर केही दिनका लागि छापा मार्ने काम रोकिने प्रहरीले जनाएको छ । तर, मानवअधिकारकर्मी हेजाज हिजबुल्लाहले यो कारबाहीको विरोध गरेको छ । प्रहरीले बिना सर्च वारेन्ट छापा मारेको उनीहरुको आरोप छ । श्रीलंकाली नौसेनाले यसअघि डिसेम्बर २०२२ र अप्रिल २०२३ मा दुई वटा अपरेशनहरू सञ्चालन गरेको थियो ।