|  

परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री दाहाल

१० पुष २०८०, मंगलवार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उहाँले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी रहेको बताउँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

संविधानले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँका विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय ज्यापु दिवसले राष्ट्रिय एकता र साझा मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो ।

 

१० पुष २०८०, मंगलवार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस