|  

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

११ पुष २०८०, बुधबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज बुधबार पनि सुुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

११ पुष २०८०, बुधबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस