यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।
उक्त दरबन्दीमा रहेकालाई कामकाजका लागि अन्य निकायमा पठाउने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयबाटै पुनर्संरचनाबाट सुरु भनेअनुरुपको निर्णय गरिएको उनले बताइन् ।
त्यस्तै बैठकले आर्थिक बर्ष २०८०र८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले सिटिईभिटीको रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।