यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । नवौँ धादिङ महोत्सव स्थलको निरिक्षण तथा तयारी सुरु भएको छ । माघ १० गतेदेखि सुरु हुन लागेको महोत्सव २१ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय तहभित्र किसान तथा घरेलु तथा साना उद्योगी व्यावसायीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी, कृषि मेला प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, विविध सांस्कृतिक प्रदर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरणका लागि बिबिध स्टलमा बिक्री तथा प्रदर्शनी प्रवर्द्धनका सामाग्रीहरु रहने छन् ।
साथै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण, रमाईलो मेला, वालउद्यान महोत्सवका आकर्षणका रुपमा रहने र महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूलआयोजक समिति, सल्लाहकार समिति, सचिवालय समिति, विषयगत समिति, उपसमितिहरुले तयारी सुरु गरेका छन् ।