|  

रात्रिभोजमा गोली चल्दा छ जनाको मृत्यु

१५ पुष २०८०, आईतवार ११:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रवार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा ६ जनाको मृत्यु भएको छ ।

सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ । ग

१५ पुष २०८०, आईतवार ११:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस