|  

दक्षिणपश्चिमी रुसमा युक्रेनको घातक हवाई हमला:२० जनाको मृत्यु, सयबढी घाइते

१५ पुष २०८०, आईतवार १३:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मस्को युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ ।

रुसमाथि युक्रेनले गरेको यो हमलालाई रुसले शुक्रबार युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियाको रुपमा लिइएको छ । रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि युक्रेनले यो रुसको अहिलेसम्मको सबैभन्दा ठूलो हमला भएको बताएको छ । रुसले पछिल्लो आक्रमणमा युक्रेनमा बनेको ओल्खा र चेक रिपब्लिकमा बनेको भ्याम्पायर रकेटको प्रयोग गरेको आरोप पनि लगाएको छ ।

 

१५ पुष २०८०, आईतवार १३:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस