यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले स्थानिय तथा प्रदेश सरकार सहकारीसंग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।
सहकारीले लगानी गर्ने, सदस्यले काम गर्ने र स्थानीय सरकारले बजारीकरणमा ध्यान दिँदा दिर्घकालिन हित हुने भएकोले सोहि अनुरुप केहि निति बनाउन पहल गर्ने बताउनुभयो ।
उहाँले धादिङ हरेक क्षेत्रमा बिकासका योजनाहरु अगाडी बढ्दै गएको बताउनुभयो । बेनिघाट रोराङमा खानेपानी, बाटो, सरसफाई लगायतमा अगाडी बढ्दै गएको बताउनुभयो । अहिले् प्रदेश सरकारले बनाउने हरेक योजनामा सरहकारीको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
किसानहरुका पिडा, समस्या र अभावलाई मध्यनजर गर्दै सहकारीले यो क्षेत्रमा ध्यान दिन आबश्यक रहेको बताउनुभयो ।
सहकारीले लगानी गर्दा ऋणको उद्धेश्य अनुसार किस्ता फिर्ता गर्नेगरि लगानी गर्ने र सदस्यले ऋण समयमै फिर्ता गर्नुपर्ने भन्दै उहाँले उद्धेश्य अनुरुप ऋणको प्रयोग भएनभएको सञ्चालकहरुले अनुगमन गर्नुपर्ने कुरामासमेत जोड दिनुभयो । उहाँले एउटाको बद्मासीले समग्र सहकारी क्षेत्र नै बद्नाम हुने अवस्था आएको भन्दै यस्तो हुन नदिन सबै सहकारीका सञ्चालकहरु सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
समुदायमा आधारित भइ ऐन नियम भित्र रहेर सुशासन कायम गर्दै सहकारी सञ्चालन हुनुपर्ने भन्दै सहकारीमा लागेकाहरुले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा उहाँको जोड थियो । संस्थाको २७औं वार्षिक साधारण सभामा संस्थाको आयब्यय तथा वासलात समेत प्रस्तुत गरिएको थियो ।