|  

अभाव भएपछि धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

१८ पुष २०८०, बुधबार ०७:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं। ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।

दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् ।

आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौं रुपैयाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेको र चिसोका कारण पनि सुरुवातदेखि नै तीन सय टन उत्पादन क्षमता रहेको सो उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाँइले जानकारी दिनुभयो ।

कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दिका कारण भारतका विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मुल्य अत्याधिक बढ्नु र सिमेन्ट बिक्रि ठप्प हुँदा उद्योग बन्द भएको हो ।

 

१८ पुष २०८०, बुधबार ०७:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस