|  

गाजा युद्धमा ५०७ इजरायली सैनिकको मृत्यु, २ हजार २६५ घाइते

१८ पुष २०८०, बुधबार ११:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।

सेनाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २,२६५ जना घाइते भएका छन् । अक्टोबर ७ बाट सुरू भएको आक्रमणपछि कम्तिमा ९८३ सैनिक घाइते भएका छन् । एजेन्सी

 

१८ पुष २०८०, बुधबार ११:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस