|  

राष्ट्रिय हित बिपरित सम्झौता गर्ने कल्पना पनि गर्न सकिंदैनः प्रधानमन्त्री दाहाल

२० पुष २०८०, शुक्रबार १२:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीसँग भारतीय विदेश मन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

भेटबारे जानकारी दिंदै प्रधानमन्त्रीले विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा भएको बताउनुभयो । २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने नभै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने उहाँले जानकारी दिनुभयो ।

२० पुष २०८०, शुक्रबार १२:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस