|  

रुसी क्षेप्यास्त्र प्रहारमा पूर्वी युक्रेनमा ११ जनाको मृत्यु

२२ पुष २०८०, आईतवार ११:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र हमलामा ५ बालबालिकासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार रुसी एस–३०० मिसाइलडोनेस्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको पोक्रोभस्क सहरमा खसेको थियो ।

‘दुश्मनले सर्वसाधारणहरुलाई लक्षित गरेर क्षेप्यास्त प्रहार गरेको’ गर्भनर भादिम फिलास्किनले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै बताएका छन् । उता राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि आफ्नो सम्बोधनमा रुसले आवसीय क्षेत्रलाई निशाना बनाएको बताए ।

अधिकारीहरुको चेतावनीका बावजुद केही स्थानीयहरु आफ्नो पुरानो वासस्थानमा फर्किएका छन् । गत वर्षको अगस्तमा पनि त्यहाँ क्षेप्यास्त्र प्रहार भएको थियो । उक्त घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

 

२२ पुष २०८०, आईतवार ११:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस