|  

मजदुरी गर्न भारत गएका नेपालीको मृत्यु, शव ल्याउन सहयोगको अपिल

२२ पुष २०८०, आईतवार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारतको पञ्जाबस्थित सेलर मिलमा काम गरिरहेका एक जना नेपालीको मृत्यु भएको छ । बडियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो ।

तर आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनका परिवार थप पीडामा परेका छन् । बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो खुल्न नसकेको परिवारले बताएका छन् ।

बिहान बेलुका छाक टार्न मुस्किल भइरहेको बेला बुवाको शव कसरी ल्याउने भन्ने चिन्तामा परेको कामतका छोरा नथुनी कामतले बताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरूलाई बुवाको शव ल्याउनमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

 

२२ पुष २०८०, आईतवार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस