यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको एक लाख ६२ हजार ७५० रुपैंयाँ बराबरको प्याज वरामद गरेको छ ।
पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका– ४ सुण्डीमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीको बाटोबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ३,२५५ किलो प्याज वेवारिसे अवस्थामा फेला पारेको थियो ।
बरामद सो प्याज स्थानीय मानिसहरुको रोहवरमा प्रहरी टोलीले बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।