|  

जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु

२४ पुष २०८०, मंगलवार ११:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २२२ जना पुगेको छ । गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म कुल पाँच हजार ४६२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ५६७ जना नयाँ संक्रमित थपिएको र २७ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् । संक्रमितमध्ये अस्पताल भर्ना हुन बाँकीको संख्या एक हजार ५९ छ ।

 

२४ पुष २०८०, मंगलवार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस