गजुरी गाउँपालिकाको आयोजनामा फोहोर मैला संकलन,वर्गिकरण तथा ब्यबस्थापन सहजीकरण सम्बन्धि वडा स्तरीय ब्यबस्थापन समिति गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बुधबार केदारेश्वर योग साधना केन्द्र आदमघाटमा अन्तरक्रिया कार्यक्रममा गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङको संयोजकत्वमा १३ सदस्यिय कमिटी गठन गरिएको छ ।
अभियान सुरुवाती भएको भन्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले फोहोरमैला ब्यबस्थापनका बिषयमा घरघरमा पुगेर अनुगमन गर्ने तथा यो कार्यक्रम सफल हुँदै गएपछि पालिका स्तरिय समिती समेत गठन गरिने उहाँले बताउनुभयो ।
यो कार्यक्रममा राजमार्गमा चल्ने गाडीहरुलाई रोकेर फोहोरमैला सचेतता सम्बन्धि कार्यक्रम राख्ने,गजुरी ६ मा रहेको मुक्तीनाथ बिकास बैंकले १५ ओटा डस्बिन पनि बितरण गरेको र पालिकाले पनि राजमार्ग क्षेत्रमा कुहिने,नकुहिने फोहोर ब्यबस्थापनका लागि डस्बिन ठाउँ ठाउँ मा राख्ने,प्रत्येक हप्ताको शनिवार,आइतबार ,सोमबार राजमार्ग क्षेत्रमा पर्ने मलेखु देखि बेल्खुखोला सम्म फोहोर उठाउदै आएको समेत बताउनुभएको छ।
अहिले गजुरी ६ जहरेखेतमा सार्वजनिक शौचालय निर्माण भईरहेको,सोल्लार बत्ती नबल्ने ठाउँमा फोहोर हुने गरेकोले मर्मत गर्ने,सि.सि क्यामरा जोडन पहल गरेर अघि बढ्नका लागि आदमघाटका समाजसेवी बिनोद भण्डारीले आग्रह गर्नुभएको छ।
फोहोरमैलालाई ब्यबस्थित गरि गजुरी गाउँपालिकालाई स्वच्छ सफा सुन्दर बनाई नमुना बनाउने तर्फ निरन्तर लाग्ने समेत गजुरी ६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङले बताउनुभयो।
गजुरी गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा सवारी साधनबाट हुने फोहोरमैलालाई कम गर्नको लागी सूचना वोर्डहरु राखिने तथा नियम कानुन उलङ्घन गर्ने ब्यक्तिहरुलाई जरिवाना समेत गरिने गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गजुरी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ४ रोपनी ८ आना जग्गा खरिद गरिसकेको समेत कार्यक्रममा बताउनुभयो।
बिषेशगरि गजुरीको बजार क्षेत्रलाई समेट्ने वडा नम्बर १, २ ५ र ६ मा यो अभियान चलाईने वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीले बताउनुभयो ।
बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउने अभियानलाई अगाडी बढाएर हरेक टोल बजारमा फोहोरमैला राख्ने डस्विनसहितको सुबिधा दिइने पनि बताउनुभयो।