यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रौतहटबाट भारततर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं।२ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्तीटोलीले भारततर्फ लैजादै गरेको अवस्थामा १७ थान गाईवस्तु नियन्त्रणमा लिएको हो ।
तस्करहरु प्रहरीलाई देखेर भागेपछि उक्त स्थानबाट गाई १० वटा, गोरु एउटा र बाछी छवटा गरी १७ वटा गाईवस्तु बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कुल १ लाख ९६ हजार रुपैयाँ मूल्याङकन गरी बरामद गाई(गोरु र बाछी आवश्यक कारबाहीका लागि जिल्ला भंसार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।