यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार गरेको निर्णय विद्युत् प्राधिकरण नपुग्दा उद्योगमा बिजुली अझै जोडिएको छैन । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले ट्रंक र डेडिकेटेड लाइनको विवाद अन्त्य गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने र उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो ।
तर, सो निर्णयको पत्र अझै विद्युत् प्राधिकरण नआइपुगेको उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
विद्युत् प्राधिकरणले यही पुसको पहिलो सातादेखि उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो । २०७२ सालदेखिको विवादित महसुलको बक्यौता उठाउने अन्तिम विकल्पका रूपमा प्राधिकरणले उद्योगको लाइन काट्न सुरु गरेको थियो । हालसम्म प्राधिकरणले २३ वटा उद्योगको लाइन काटिसकेको छ ।