यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १८ जना कर्मचारी एकै पटक कटौती गरेका छन् । सचिवालयको काम छिटोछरितो, मितव्ययी र प्रभावकारी बनाउन स्वकीय सचिवालयका कर्मचारी घटाइएको बताइएको छ ।
यसअघि प्रधानमन्त्रीले आफ्नै सचिवालयबाट शुद्वीकरण सुरू गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना थिए । जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका ८ जनालाई हटाइएको हो । हटाइएकामा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढुंगानासम्म छन् । पराजुली र आचार्य राज्यमन्त्री सरहको सुविधा पाउने गरी वैशाख ४ गते प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका थिए । यस्तै ढुंगाना सहसचिव सरहको सुविधा पाउनेगरी गत पुस २८ गते नियुक्त भएका थिए ।