यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । यौनहिंसाको आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार पठाइएको छ । जिल्ला अदालत, सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई महोत्तरी कारागार पठाइएको हो ।
हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका बम्जनलाई आज अदालतमा पेश गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।
चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए। २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।