|  

माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय

२७ पुष २०८०, शुक्रबार १३:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपा ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो ।

बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।

 

२७ पुष २०८०, शुक्रबार १३:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस