यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । जन आदर्श बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको १५औं साधारण सभा सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको जन आदर्श बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको हो ।
गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उहाँले सहकारी संस्थालाई कुन बाटोतर्फ लैजाने भन्ने उसका शेयर सदस्यहरुमा निर्भर रहने बताउनुभयो । उहाँले आफु सदस्य रहेको सहकारी बाहेक अन्य सहकारीसंग कारोबार नगर्दा संस्था संगै शेयर सदस्यलाई फाइदा पुग्ने उहाँको भनाई थियो ।
सहकारी संस्था नीजि नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था भएको बताउँदै केही सहकारीका कारण सरकारले सहकारीहरुमाथि हस्तक्षेपकारी नीति लिएको उल्लेख गर्नुभयो । देश परिवर्तनमा सहकारी संस्थाको महत्वपुर्ण भूमिका रहेको उहाँको भनाई थियो । उहाँले मललको हाहाकारमा लाग्नुभन्दापनि घरमै गाईवस्तुवाट उत्पादन हुने जैविक मलपनि प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
जन आदर्श बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष रेशमलाल श्रेष्ठले सहकारी संस्थाले निकै प्रगति गरेको बताउँदै थप उत्कृष्टता हाँसिल गर्नेगरी अघि बढ्नुपर्ने जानकारी दिनुभयो । हरेक सहकारी संस्थाले आर्थिक,सामाजिक,सांस्कृतिक पक्षका आधारमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।