|  

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेण्डाहरु ?

२८ पुष २०८०, शनिबार ०८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक सुरू हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुने उनले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले बताए ।

२८ पुष २०८०, शनिबार ०८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस