यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा यो वर्षको हिउँदे झरी आगामी सातादेखि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान बमोजिम देशका तीनै भौगोलिक क्षेत्रमा उचाइअनुसार हिमपातदेखि फाटफुट वर्षा हुने सम्भावना छ ।
कम्तिमा बुधबारदेखि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा साताको मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा पनि साताको मध्य र अन्त्यमा एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।