यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ । प्रहरीका अनुसार थप दुई जनासहित अहिलेसम्म १० जनाको सनाखत भएको हो ।
चितवनको भरतपुर नगरपालिका वडा नं २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अब दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परि मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भई सकेको छ ।