|  

सिद्धलेकमा मगर समुदायको कौरा नृत्य प्रतियोगिता : मुख्यमन्त्री जमकट्टेलद्धारा उद्घाटन

२९ पुष २०८०, आईतवार १८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / मगरहरुको राष्ट्रिय पर्व माघे सञ्क्रान्तीको अवसरमा धादिङको सिद्धलेक फिस्टारमा कौरा नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल रहनुभएको थियो । माघे सक्रान्तीको अवसर पारेर मगर जातीहरुको भेषभुषाको जगेर्ना तथा संस्कृतिलाई अहिलेको युवा माफ प्रस्तुत गरेर रिती बचाई राख्ने मुख्य उदेश्य रहेको नेपाल मगर संघ धादिङका अध्यक्ष कुलबहादुर मगरले बताउनुभयो ।

कार्यक्रममा कौरा नृत्य प्रतियोगितासंगै साँखु १६ घरको मारुनी नृत्य र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो । मगर समुदायले बनाउने विभिन्न खानाका परिकार पनि कार्यक्रम स्थलमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतितिथी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आफ्नो पहिचानलाई जोगाएर लोक संँस्कृतिको जगेर्ना गर्नु निकै राम्रो काम भएको बताउनुभयो । नेपालमा सयौँ जात, धर्म भएपनि सबैको सार शान्ति नै भएको भन्दै आफ्नो संस्कृतिको जगेर्ना गर्दै समग्र देशको संस्कृतिमा रमाउने बेला आएको उहाँको भनाई थियो । मगरात सभ्यतासहितको मगरात समाज भन्ने मूलनारासहित सुरु भएको कार्यक्रममा मगर शोषाकसहित मुख्यमन्त्री जमकट्टेलले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपाल मगर संघ जिल्ला समिती धादिङ तथा नेपाल मगर सँग पालिकास्तरिय समितीहरुके आयोजनामा भएको कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, सिद्धलेक गाउँपालिका अध्यक्ष, मगरसंघका सदस्य तथा प्रतिनिधीहरु, अन्य राजनितिक ब्यतित्व, स्थानिय लगायतको उपस्थितीमा कार्यक्रमम भब्यताका साथ सम्पन्न भएको र उत्कृष्ट नृत्यकारहरुलाई उचित पुरस्कारको समेत ब्यबस्था भएको नेपाल मगर संघ धादिङका अध्यक्ष कुलबहादुर मगरले बताउनुभयो ।

नेपालका आदिवासी जनजाति समुदायहरु मध्ये सबैभन्दा ठूलो समुदाय मगरहरु यो माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन् । मगरको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ ।

भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके अर्थात् मगर भाषामा पानी चढाउने पर्वको रुपमा पनि मान्दै आएका छन् । माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनु पर्ने संस्कृतिविद्हरु बताउँछन् । इतिहास, भाषा, संस्कृती संरक्षण सम्बद्र्धन मगरहरुको मुल मन्त्र – जातीय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मगर समुदायको नारा रहेको छ ।

२९ पुष २०८०, आईतवार १८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस