यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको हो ।
पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयको भनाइ छ ।