यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक जना नेपालीको ज्यान गएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको ज्यान गएको उहाँका आफन्त कुमार भण्डारीले जानकारी दिनुभयो ।
हृदयघातका कारण माघ २ गते ज्यान गुमाएका थापाको शव हेलिकप्टरमार्फत आज हिल्सा ल्याइएको भण्डारीले बताउनुभयो । हुम्लाबाट नेपालगञ्ज हुँदै थापाको शव डोटी पुर्याइने उहाँको भनाइ छ ।