|  

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

५ माघ २०८०, शुक्रबार ०६:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी हुन । युगान्डा जानु अघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्‍को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

५ माघ २०८०, शुक्रबार ०६:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस