|  

भारतको गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिका र २ शिक्षकको मृत्यु

५ माघ २०८०, शुक्रबार १२:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ र छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ ।

५ माघ २०८०, शुक्रबार १२:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस