|  

लामो समयसम्म मोबाइल र कम्प्युटरमा भिडियो गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या

५ माघ २०८०, शुक्रबार १२:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ र अमेरिकाको दक्षिण केरोलिना विश्वविद्यालयका विशेषज्ञहरूले ५० हजार जनाभन्दा धेरैमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो । उत्तर अमेरिका, युरोप, दक्षिण एसिया, एसिया, दक्षिण पूर्व एसिया र अस्ट्रेलियाका गरी १४ जना विशेषज्ञले ५३ हजार ८ सय ३३ जनामा गरेको अध्ययन ओपन एक्सेस जर्नल बीएमजे पब्लिक हेल्थमा प्रकाशित गरिएको छ ।

सहभागीमध्ये २० देखि ६८ प्रतिशतले भिडियो गेमका कारण कानमा लगातार घण्टी बजेजस्तो सुनिने र झन्झनाहट हुने गरेको बताएका थिए । हेडफोन, इअरबर्ड, एअरफोन लगाएर गेम खेल्दा, गीत सुन्दा आउने तीव्र गतिको ध्वनिका कारण श्रवणशक्ति गुम्ने सम्भावना बढेको अध्ययनमा उल्लेख छ ।

यस्तै, भिडियो गेम खेल्दा आवाज कम गर्न, १ घण्टामा कम्तीमा ५ मिनेट कानलाई आराम दिन सुझाव दिइएको छ ।

५ माघ २०८०, शुक्रबार १२:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस