|  

धादिङ को सिद्दलेकमा बस दुर्घटना: १० जना घाइते

२८ भाद्र २०७६, शनिबार १८:२१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


भदौ २८, धादिङ
सिद्धलेक गाउँपालिका वडा नम्बर – ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

सदरमुकाम धादिङबेसीबाट काठमाण्डाै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको खड्का ले बताउनु भयो ।

 

२८ भाद्र २०७६, शनिबार १८:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस