|  

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समितिको सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय

६ माघ २०८०, शनिबार १४:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय गरेको छ । समितिका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा शनिवार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय भएको समिति सचिव केशवराज जोशीले जानकारी दिए ।

उनका अनुसार सातै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे आजको बैठकमा छलफल भएको थियो । सत्ता पक्षीय गठबन्धन राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेका थिए ।

६ माघ २०८०, शनिबार १४:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस