यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी / धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ अगुवाईमा निर्माण हुने नारायण मन्दिरको एक समारोहका बिच जगपुजा गरिएके छ । वडा नम्बर ८ का वडा अध्यक्ष देबराज ओझा, स्थानिय लगायतको संयुक्त बाहुलीबाट आज प्रवाङमा नारायण मन्दिरको जगपुजा सम्पन्न भएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
वडा नम्बर ८ तथा गजुरी गाउँपालिकाको संयुक्त लगानीमा उक्त स्थानमा निर्माण हुने नारायण मन्दिरको काम आजबाट सुरु भएको हो । उहाँका अनुसार शिलान्यास समारोहमा स्वस्तिवाचन तथा पुजा अर्चना गरिएको थियो ।
स्थानीयले मन्दिर परिशरको काममा साथ दिने, धार्मिक पर्यटनको विकास गर्ने समेत योजना रहेको निर्माण कमिटिले जनाएको छ । विभिन्न जातजातिबीच सद्भाव कायम गर्दै यस क्षेत्रको विकासमा टेवा पुुग्ने उदेश्यका साथ मन्दिर निर्माणमा जोड दिईएको कमिटीले जानकारी दिएको छ ।