गजुरी / महिला उद्यमशिलता तथा सशक्तिकरण तालिम आज सम्पन्न भएको छ । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ५ र ६ का महिलाहरुका लागी ३ दिने अभियान आज सम्पन्न भएको हो ।
प्रगतिशिल महिला समुह गजुरी गाउँपालिका १ को आयोजनामा सञ्चालन भएको तीन दिने कार्यक्रम आज गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले समापन गर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले गाउँपालिका तथा अन्य संस्थाले सञ्चालन गरेका यस्ता महिला बिकास, सशक्तिकरण तालिममा सहभागी भएपछि आफुले सिकेको सिपअनुसारको काम गर्न सुझाव दिनुभयो ।
अहिलेको समाज महिलामैत्री भईसकेको भन्दै महिलाहरु हेपिएर बस्ने दिन गएको बताउनुभयो । गजुरी गाउँपालिकाका सबै महिलाहरुलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अब्बल बनाउने मुख्य उदेश्य राखेर अहिले प्रत्येक टोल, वडा तथा सिङ्गो पालिकामा उद्यमशिलताका कार्यक्रमहरु सञ्चालन भईरहेको अध्यक्षले बताउनुभयो । गाउँमा बेरोजगार तथा घरको काममा मात्र सिमित रहेका महिलाहरुलाई आत्मनिर्भरता तर्फ अगाडी बढाउँदै शिक्षित समाज निर्माणमा गजुरी गाउँपालिकाले अग्रणी भूमिका खेलेको उहाँको भनाई थियो ।
प्रगतिशिल महिला समुह गजुरीको आयोजनामा सञ्चालन भएको यो तीनदिने तालिम सम्पन्न पश्चात महिलाहरुमा उत्साह थपिएको अध्यक्ष सुनिता पाण्डेले जानकारी दिनुभयो । महिलाहरुलाई सिप सिकाएर उद्यम गर्न प्रेरित गर्ने तथा महिलाहरुको अधिकारलाई सुरक्षित कसरी गर्ने भन्ने लगायतका बिषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।
्
महिलाहरुलाई घरको काममा मात्र सिमित नगरी बाहिरी समाजमा पनि महिलाहरु सक्षम छन् भन्ने कुरा अब समाजलाई देखाउन ढिला गर्न नहुने उहाँको भनाई थियो । गजुरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गोबिन्द लामिछानेले पनि महिलाहरु ऋब अगाडी बढ्ने बेला आएको बताउनुभयो । पहिलेजस्तो घरबाट बजार आउनपनि नपाईने, जानै पर्ने सबैको अनुमतिमा जानुपर्ने, घरको काम, चुलो चौका, गोठ बारीमा मात्र सिमित महिलाहरु अहिले समाज धेरै अगाडी बढीसकेको बताउँदै उहाँले अब यस्ता सशक्तिकरणका अभियानहरु हरेक टोलमा बिस्तार हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा गजुरि गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भक्त बहादुर तामाङले महिलाहरुको आवाजलाई दवाउने समयको अन्त्य भएको बताउनुभयो । उहाँले महिलाहरुको हक, अधिकार तथा रोजगारीका लागी वडा र पालिका तयार रहेको बताउनुभयो ।
तालिम पश्चात कानुन धेरै सिकेको तालिमममा सहभागी महिलाहरुले बताएका छन् । अब गाउँमा हुने महिला हिंसा लगायतका अनैतिक गतिबिधीमा औँला उठाउने उपस्थित महिलाहरुले बताएका छन् । यो तीन दिने तालिममा हिँसालाई कसरी प्रतिकार गर्ने ? कस्ता पक्षलाई हिँसा भन्ने लगायतका कुरा पनि सिकेको बताउँदै अब हिँसा, अन्यायमा चुप लागेर नबस्ने उपस्थित महिलाहरुले ऐकबद्धता जनाएका छन् ।